काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको छ ।
कुन समितिको सभापतिमा को को उम्मेदवार ?
–कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा
बास्कोटा रास्वपाको समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।
–कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
चौधरी रास्वपाको तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
–पूर्वाधार विकास समिति– आशिष गजुरेल
गजुरेल रास्वपाको तर्फबाट सिन्धुली क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् ।
–महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
अवस्थी रास्वपाको समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।
– राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
ढकाल रास्वपाको तर्फबाट चितवन क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् ।
–शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन
शेरचन रास्वपाको समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।
–संसदीय सुनुवाइ समिति– बोधनारायण श्रेष्ठ
श्रेष्ठ रास्वपाको तर्फबाट धादिङ क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।
–उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी
अन्सारी रास्वपाको तर्फबाट बारा क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन् ।
–राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति– गणेश कार्की
कार्की रास्वपाको तर्फबाट मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् ।
–अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास
उदास रास्वपाको समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।
–अर्थ समिति– कृष्णहरि बुढाथोकी
बुढाथोकी रास्वपाको तर्फबाट रामेछाप बाट निर्वाचित सांसद हुन् ।
त्यस्तै, रास्वपाले लेखा समिति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । जबकी यस भन्दा अगाडी नेपाली कांग्रेस र नेकपा एमालेको सरकार हुँदा नेकपा एमाले ऋषिकेश पोख्रेल लेखासमितिको सभापति थिए । त्यसबेला एमालेले नैतिकता र परम्परा भुल्दै आफै सरकारको नेतृत्वमा रहेर सार्वजनिक लेखा समितिको सभापति आफैँसँग राखेको थियो । संसदीय अभ्यासलाइ स्वच्छ बनाउन सभापति रवि लामीछाने र संसदीय दलको नेता बालेन्द्र शाहले लेखा समितिको नेतृत्व कांग्रेसलाई दिएका हुन् ।
रास्वपाको निर्णयबमोजिम नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।






Facebook Comments