काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।
सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले खड्कालाई दिइएको सात दिने स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने बताइएको छ । उनलाई २ वैशाखमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएपछि स्पष्टीकरणको औचित्यता समाप्त भएको निष्कर्षसहित उक्त निर्णय फिर्ता लिन लागिएको हो ।
यता खड्काले भने अनुशासन समितिको निर्णयलाई सुरुदेखि नै ‘अवैधानिक’ भन्दै अस्वीकार गर्दै आएका छन् । उनले अवैधानिक महाधिवेशनबाट बनेको कार्यसमिति र त्यसले गठन गरेको संरचनाले स्पष्टीकरण सोध्नु नै निरर्थक, हास्यास्पद र अर्थहीन भएको बताएका थिए ।




Facebook Comments