
भक्तपुर । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाउन सुरु गरिएकोे छ । अहिले सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ ।
डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।




Facebook Comments