
नेपालका युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’ अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएका छन्। उनलाईUniversal Book of World Recordsले ‘गतिशील युवा उद्यमी’ विधामा सम्मान प्रदान गरेको हो।
बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स र परामर्श क्षेत्रमा सक्रिय चौहानको नेतृत्वदायी भूमिकालाई कदर गर्दै उक्त सम्मान दिइएको आयोजकले जनाएको छ। कार्यक्रमNarulaj & Company Eventsको व्यवस्थापनमा सम्पन्न भएको थियो, जसमा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला र व्यवसाय क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
ताप्लेजुङबाट काठमाडौं आएर उद्यमशील यात्रामा स्थापित भएका चौहान व्यवसायसँगै कलाकारिता, सामाजिक तथा राजनीतिक गतिविधिमा पनि सक्रिय छन्। स्वास्थ्य सेवा क्षेत्रमा उनले पु¥याएको योगदानलाई विशेष रूपमा प्रशंसा गरिएको छ।
सम्मान प्राप्त गरेपछि चौहानले यसलाई सामूहिक प्रयासको परिणाम बताएका छन्। उनले परिवार, सहकर्मी र शुभेच्छुकको साथले यो सफलता सम्भव भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताए।
आगामी दिनमा अझ ठूला लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मेहनत र निरन्तरताबाट सफलता हासिल गर्न सकिने धारणा राखे। साथै, व्यवसायमार्फत रोजगारी सिर्जना र समाजसेवामा समेत उनी सक्रिय रहँदै आएका छन्।




Facebook Comments