
काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजी)नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। सोमबार गृह सचिवराजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
नेपाल सरकार मन्त्रिपरिषद्ले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजीमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि आईजी रहेकाराजु अर्यालसेवा अवधि पूरा गरी अवकाशमा गएपछि पौडेललाई उक्त जिम्मेवारी दिइएको हो।
अर्याल र पौडेल समकालीन (ब्याचमेट) अधिकृत हुन्। चार वर्षे कार्यकाल पूरा गर्दै अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका थिए। सशस्त्र प्रहरीमा आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ।
अर्याल २०५४ चैत १८ मा इन्स्पेक्टर पदबाट नेपाल प्रहरीमा प्रवेश गरी पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।




Facebook Comments