धनगढी । नेपाली कांग्रेसका सभापतिगगन कुमार थापापार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी पुगेका छन् ।
सभापति थापालाई स्वागत गर्नकमल बहादुर शाहधनगढी विमानस्थल पुगेका थिए । मुख्यमन्त्री शाह विमानस्थलभित्र प्रवेश गर्न पाएका भए पनि अन्य मन्त्रीहरू भने गेटमै रोकिएका थिए ।
थापालाई स्वागत गर्न पुगेका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला मन्त्री बहादुर थापा, वन मन्त्री शिवराज भट्ट तथा अर्थ राज्यमन्त्री प्रकाश बमलाई विमानस्थल प्रवेशमा रोक लगाइएको थियो । यसअघि नेताहरूलाई धावनमार्ग नजिक पुगेर स्वागत गर्ने अभ्यास भए पनि यसपटक मुख्यमन्त्रीबाहेक अन्यलाई प्रवेश नदिइएको बताइएको छ ।
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गरेको छ । पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलालाई सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलामा सहभागी हुन उपसभापतिविश्वप्रकाश शर्मार महामन्त्री गुरुराज घिमिरे यसअघि नै धनगढी पुगिसकेका छन् ।
विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापतिशेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट वर्तमान सभापति थापाको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेको हो ।
धनगढी पुगेपछि सभापति थापाले होटल रुबसमा नेता–कार्यकर्तासँग भेटघाट सुरु गरेका छन् । सभापति बनेपछि पहिलोपटक धनगढी पुगेका थापालाई नेता–कार्यकर्ताले बधाई तथा शुभकामना दिएका छन् ।
डोटीबाट निर्वाचित भरत खड्का र अछाम–१ बाट निर्वाचित भरत स्वारलाई दायाँबायाँ राखेर थापाले सामूहिक भेटघाट गरेका हुन् । दुवै नेता विशेष महाधिवेशन पक्षधर मानिन्छन् । भेटघाट कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।
प्रदेशभरबाट आएका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूसँग सभापति थापाले पार्टीको अवस्था, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।




Facebook Comments