
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशन सुरू भएकै दिन सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
सिंहदबारस्थित प्रतिनिधिसभाकक्ष (बहुउद्देश्यीय हल)मा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।





Facebook Comments