
काठमाडौं । प्रधानमन्त्रीबालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । प्रधानमन्त्रीको जवाफपछि आजै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ ।
राष्ट्रपतिरामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने, सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहले जवाफ दिने, प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने तथा अन्तिम रूपमा नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि हिजो बसेको बैठकमा विभिन्न दलका नेताहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए ।


Facebook Comments