
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ५५ चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ११ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९२ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १०९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०२ जनालाई कारबाही गरिएको हो ।
त्यस्तै ‘लेन’ अनुशासन पालना नगर्ने १४६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११२ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ८५ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने एक हजार १२३ चालकलाई समेत कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।






Facebook Comments