
काठमाडौं । आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटना मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्म पनि बाहि आउन सकेको छैन् ।
तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि हत्याकाण्डबारे विभिन्न प्रश्न र शंकाहरू आजसम्म पनि उठिरहेकै छन् ।
विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।
हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको बताइन्छ । गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २५ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।





Facebook Comments