
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै रास्वपा सभापति लामिछानेसँग भेट गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफू पनि पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् । मोदीले नेपाललाई भारतको छिमेकी पहिलो नीतिअन्तर्गत प्राथमिकताप्राप्त साझेदारका रूपमा वर्णन गरेका छन् ।
उनले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने भारतको प्रतिबद्धता दोहोर्याउँदै नयाँ सरकारसँग सहकार्य गरेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरेका छन् । पव्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक रूपमा विशेष रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यका क्षेत्र विस्तार गर्ने संकेत पनि दिएका छन् ।
रास्वपा सभापति लामिछानेको भारत भ्रमण तथा प्रधानमन्त्री मोदीसँगको भेटलाई नेपाल–भारत सम्बन्धका विविध पक्षमा महत्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ । यद्यपि भेटवार्तामा कुन–कुन विषयमा विस्तृत छलफल भयो भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन ।





Facebook Comments