काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलि गरेर भित्र्याइएको आशंकामा मुस्ताङको कोरोला नाकाबाट आएका ७७४ वटा विद्युतीय (ईभी) गाडी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बुधबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रबाट ती गाडी नियन्त्रणमा लिइएका हुन्।
गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत थप दुई वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरी बलले जनाएको छ।



Facebook Comments