काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

सुरक्षा स्रोतका अनुसार व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकका प्रहरीको नियन्त्रणमा रहेका छन्। थापा राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्।

अख्तियार सम्बद्ध स्रोतले दिएको जानकारीअनुसार पासपोर्ट खरिदसम्बन्धी प्रकरणको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताइएको छ।

पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो। अनुसन्धानको निष्कर्ष र सम्भावित कानुनी प्रक्रियाबारे आयोगले औपचारिक जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ।