
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जनाइएको छ । पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाटै पक्राउ गरिएको हो ।
एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर ल्याइएको हो ।
यता पौडेलको निवासमा पनि छापा मारेको छ । उनलाई पक्राउ गर्नुभन्दा अगाडि भैसेपाटीस्थित निवासमा छापा मारिएको हो । विवादित व्यवसायी दिपक भट्टसँग पौडेलको सम्वन्ध रहेको आशंका विभागले गरेको छ । विभागको टोली दिउँसो एक बजे पौडेलको निवासमा पुगेको थियो । भैसेपाटीस्थित पौडेलको घर जेनजी आन्दोलनमा जलाइएपछि उनी अहिले सोही क्षेत्रमा भाडाको घरमा बसिरहेका छन् ।





Facebook Comments