काठमाडौं । व्यवसायी दीपक भट्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट अन्य कारागारमा सरुवा गरिएको छ।
कारागार प्रशासन स्रोतका अनुसार भट्टलाई ललितपुरस्थित नख्खु कारागार र अधिकारीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको हो। विभागबाट प्राप्त पत्रअनुसार शुक्रबार उनीहरूको सरुवा गरिएको जनाइएको छ।
‘माथिल्लो निकायबाट सरुवासम्बन्धी पत्र आएपछि त्यसअनुसार कार्यान्वयन गरेका हौं। सरुवाको कारणबारे हामीलाई जानकारी छैन,’ कारागार प्रशासन स्रोतले जनाएको छ।
डिल्लीबजार कारागार तुलनात्मक रूपमा खुला वातावरण र सुविधाका कारण चर्चित छ। यही कारण यहाँ उच्चप्रोफाइल (भीआईपी) कैदीबन्दीको संख्या उल्लेख्य रहने गरेको छ।
हाल डिल्लीबजार कारागारमा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ, सुनिल पौडेल, विकल पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलगायत कैदीबन्दी रहेका छन्।





Facebook Comments