काठमाडौं।नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गनागढुङ्गा–सिस्ने खोला सुरुङमार्गआगामीसाउन ११ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले२०७६ कात्तिक ४ गतेशिलान्यास गरेको यो बहुप्रतीक्षित आयोजना निर्माण सम्पन्न भएसँगै अब सञ्चालनको चरणमा पुगेको हो।
जापानी निर्माण कम्पनीहाज्मा एन्डो कर्पोरेसनले आयोजना सरकारलाई हस्तान्तरण गरिसकेको छ। पूर्वाधार विकास मन्त्रालयले प्रधानमन्त्रीबालेन्द्र शाहबाट सुरुङमार्ग उद्घाटन गराउने तयारी गरिरहेको जनाएको छ। यद्यपि उद्घाटनसँगै सर्वसाधारणका सबै सवारीसाधन सञ्चालनमा भने आउने छैनन्। सुरुङमार्गलाई सुरुकातीन महिना परीक्षणकालका रूपमा सञ्चालन गरिनेछ।
परीक्षण अवधिको प्रारम्भिक चरणमाएम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षण सफल भएमा चौथो महिनादेखि अन्य योग्य सवारीसाधनका लागि सुरुङमार्ग पूर्ण रूपमा खुला गरिने सरकारको योजना छ।
यी सवारीसाधन र वस्तुमा प्रवेश निषेध
सुरुङमार्गको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दैपैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे तथा गैर–मोटराइज्ड सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। त्यस्तैपेट्रोल, डिजेल, एलपीजी ग्यास तथा अन्य विस्फोटक वा अत्यधिक प्रज्वलनशील पदार्थबोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।
यस्तो छ सुरुङमार्ग प्रयोग शुल्क
सरकारले राजपत्रमार्फत सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुरसमेत निर्धारण गरिसकेको छ।
| सवारीसाधन | काठमाडौं प्रवेश (रु.) | काठमाडौंबाट बाहिरिँदा (रु.) |
|---|---|---|
| कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस | ६५ | ६० |
| मिनीबस, मिनी टिपर/ट्रक | १२५ | ८० |
| बस, ट्रक (सिङ्गल रियर एक्सल) | २६० | २०० |
| मल्टिएक्सल ट्रक तथा भारी उपकरण | ६०० | २५० |
तीन माध्यमबाट शुल्क तिर्न सकिने
सुरुङमार्गमा शुल्क भुक्तानीका लागिएन–ट्याग, क्युआर कोड र नगदगरी तीन विकल्प उपलब्ध हुनेछन्। एन–ट्याग कुमारी, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमा बैंकमार्फत प्राप्त गर्न सकिनेछ। सङ्कलित दस्तुर सडक बोर्ड नेपालको खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।
२५ अर्बको लगानी, ८० महिनामा सम्पन्न

मुख्य सुरुङमार्ग२.६८८ किलोमिटरलामो छ भने आपत्कालीन उद्धारका लागि२.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ।
आयोजनामा कुल२५ अर्ब रुपैयाँखर्च भएको छ। त्यसमध्ये करिब२१.५ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋणरहेको छ भने बाँकी नेपाल सरकारको लगानी हो। निर्माणमा १७ अर्ब, डलर विनिमय दर र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप २ अर्ब तथा जग्गा मुआब्जामा ६ अर्ब रुपैयाँ खर्च भएको सरकारी तथ्याङ्क छ।
४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्थानीय अवरोध, कोभिड–१९ महामारी तथा निर्माण ढिलाइका कारण८० महिनापछिसम्पन्न भएको हो।
पाँच वर्ष निजी कम्पनीले सञ्चालन गर्ने
सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीयुसिन–एआरटी जेभीले पाँच वर्षका लागि१ अर्ब १० करोड रुपैयाँलागतमा पाएको छ। पहिलो एक वर्ष भने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले मर्मतसम्भारमा प्राविधिक सहयोग गर्नेछ।
सुरुङमार्ग२४सै घण्टा सञ्चालनहुनेछ र यसको व्यवस्थापनका लागि करिब१५० जना जनशक्तिपरिचालन गरिनेछ।
यात्रामा सहजता, अर्थतन्त्रमा पनि लाभ
सरकारका अनुसार काठमाडौं भित्रिने–बाहिरिने कुल सवारीसाधनमध्ये करिब६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने अपेक्षा गरिएको छ। यसले वर्षौंदेखि नागढुङ्गा नाकामा हुने सवारी जाम, जोखिमपूर्ण यात्रा, इन्धनको अनावश्यक खपत र समयको बर्बादी घटाउने विश्वास गरिएको छ।
नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग सञ्चालनमा आउनु केवल एउटा पूर्वाधार परियोजनाको सम्पन्नता मात्र नभई देशले जटिल प्रविधियुक्त आयोजनासमेत सफलतापूर्वक निर्माण गर्न सक्ने क्षमता प्रदर्शन गरेको उदाहरणका रूपमा पनि हेरिएको छ। यसले आगामी दिनमा अन्य रणनीतिक सुरुङमार्ग तथा ठूला पूर्वाधार आयोजना निर्माणका लागि समेत नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।






Facebook Comments