
भक्तपुर । गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षेती भएको कागेश्वरी मनोहरा नगरपालीका वडा–७ अवस्थित प्रभागलाई पुनः निर्माण समितीले प्रहरी प्रमुख दान बहादुर कार्की र कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीको आथित्यता र स्थानिय नागरिकको उपस्थितीमा विशेष कार्यक्रमका विच पुनःनिर्मित भवन हस्तान्तण गरिएको छ ।
आन्दोलनको क्रममा क्षेती भएको भवन पुनः निर्माणका लागी स्थानिय टोल सुधार समाज, उध्गोघी, व्यवसायी, समाजसेवी र जनप्रतिनीघीहरुको १७ लाख २६ हजार ८ सय ८३ नगद एवं ५७ लाख ६१ हजार ९ सय ९१ रुपयां बराबरको स्वस्फुर्त जिन्सी सहयोगबाट पुनः निर्माण भएको र १ लाख ३१ हजार १ सय ३५ नगद मौज्जाद रहेको कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा भवन निर्माणमा नगद तथा जिन्सी सहयोग गरी योगदान गर्ने स्थानीय टोल सुधार समाजहरु हात्तीडांडा एयरपोर्ट नगर समाज, नवदुर्गा टोल सुधार समाज, चन्द्र–सुर्य कोलनी, सगरमाथा कोलनी, पिएफसी कल्व, प्यावसन, एकिकृत कांडाघारी संन्जाल, गान्धी स्कुल पुर्वविद्यार्थी समाज लगायतका संघ संस्थालाई प्रमुख अथिती आईजिपी दान बहादुर कार्की र नगर प्रमुख उपेन्द्र कार्कीले खादा लगाई प्रमाण–पत्र प्रदान गरी सम्मान गरियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले गत भाद्र २३ र २४ को अप्रत्यासित रुपमा भएको युवा आन्दोलनले मुलुकमा ठुलो धन–जनको क्षती भएको र यो क्षेतीबाट राज्यलाई ठुलो क्षेती भएको अवस्थामा २४ सै घण्टा नागरिक जिउ धनको सुरक्षामा खटी समाजलाई सुरक्षित बनाउने प्रहरी कार्यालय नागरिक तहबाट नै सहयोग जुटाई १ महिना भित्र कार्यालय पुनः सन्चालनमा ल्याउने कार्यको प्रसंसा गरे ।
कार्यक्रममा वोल्दै प्रहरी प्रमुख दान बहादुर कीर्कीले नागरिक र प्रहरीको संम्युक्त्त प्रयास र सम्नवयबाट नै अपराध न्युनिकरण हुनेहुंदा नागरिक र प्रहरीको सम्बन्धलाई थप मजवुत बनाउककंन जरुरी रहेको बताए ।

नगरउप्रमुख शान्ता थापा, प्रहरी अतिरिक्त महानिरिक्षक शुसिल सिंह राठौर, कागेश्वरी मनोहरी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत पुरुषोत्तम सुवेदी, वडाध्यक्षहरु अनिल थापा, हरीभक्त पडासैनी, का. वा. वडाध्यक्ष भक्त थापा, काठमाण्डौ प्रहरी प्रमुख दिलिप घिमिरे र ट्राफिक प्रहरी प्रमुख शुरेस काफ्ले लगायतको उपस्थिती रहेको थियो ।







Facebook Comments