
नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ। काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा साउन ३१ गतेदेखि सुरु भएको भेलालाई संस्थापनइतर समूहले राष्ट्रिय सम्मेलनमा परिणत गरेको थियो।
करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी भएको सम्मेलनको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए।
सम्मेलनको बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावमाथि सहभागीहरूले धारणा राख्ने र सुझाव दिने क्रम आज पनि जारी रहनेछ। प्राप्त सुझाव समेटेर प्रस्तावलाई अन्तिम रूप दिई पारित गर्ने तयारी छ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालका अनुसार बन्दसत्रमा आएका सुझाव समेटेर तीनवटै प्रस्तावलाई अन्तिम रूप दिइनेछ। प्रस्ताव पारित गरेपछि आजै राष्ट्रिय सम्मेलन औपचारिक रूपमा सम्पन्न हुनेछ।
संस्थापनइतर समूहले सम्मेलनमार्फत पार्टीभित्रको राजनीतिक दिशा, आर्थिक–सामाजिक नीति र समसामयिक राजनीतिक विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्ने प्रयास गरेको छ।






Facebook Comments