
प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
उनका अनुसार मन्त्रीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो।
आजै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।
सरकार गठन भएको निश्चित अवधि बितिसक्दा पनि मन्त्रीहरूको कार्यशैली सोचेजस्तो प्रभावकारी हुन नसकेको र जनअपेक्षा अनुसार नतिजा आउन नसकेको भन्दै चौतर्फी प्रश्न उठिरहेको छ। सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, मन्त्रालयहरू बिचको फितलो समन्वय र नागरिकका दैनिक समस्या सम्बोधनमा देखिएको शिथिलताका कारण स्वयं प्रधानमन्त्रीको भूमिकामाथि पनि आलोचना तीव्र बनेको थियो। यही पृष्ठभूमिसार सिर्जना भएको राजनीतिक एवं सामाजिक दबाबलाई चिर्दै प्रधानमन्त्री शाहले केवल निर्देशनमा सीमित नरही परिणाममुखी ढाँचा खडा गर्ने उद्देश्यले यो कदम चालेका हुन् ।










Facebook Comments