तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या९०३ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट९०३ जनाको शव फेला परेकोहो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शवचितवनमा २७२फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ।

बाढीमा परी४ हजार २४७ जना अझै सम्पर्कविहीनरहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना छन्। यस्तै भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना सम्पर्कविहीन छन्।

त्यस्तै विभिन्न जलविद्युत् आयोजनामा कार्यरत९३३ जना, मकवानपुरका ६५, विदेशी नागरिक ५९२, विदेशी नागरिकसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

मृतकको संख्या ९०३ पुगिसक्दा हजारौँ मानिस अझै सम्पर्कविहीन रहनुले विपद्को मानवीय क्षति अझै बढ्न सक्ने देखिएको छ।