
भक्तपुर । काठमाडौंको कागेश्वरी मनोहरा–९ स्थित चन्द्रयूर्य कोलोनीमा रहेको चन्द्रसूर्य टोल सेवा समाजले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा आर्थिक सहयोग गरेको छ । समाजका तर्फबाट रु. १ लाख ८२ हजार ७७५ रुपैयाँ ४५ पैसा सहयोग गरिएको जनाइएको छ ।
समाजका अध्यक्ष बिष्णु बहादुर बस्नेतको विशेष पहलमा टोलवासीहरूबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको हो। विपद्का समयमा पीडितलाई सहयोग पु¥याउने उद्देश्यले समाजले उक्त रकम प्रदान गरेको जनाएको छ।
यसैबीच, समाजमा बसोबास गर्ने मनकारी टोलवासीमध्ये वसन्त घर्ती मगरले समेत रु. ८८ हजार ८७३ रुपैयाँ ४५ पैसा सहयोग गरेका छन् । त्यसैगरी मकवानपुर स्थायी बासिन्दा (हाल काडाघरी भाडामा बस्ने) भक्तपुरमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका केशव गिरीले रु. ५ हजार सहयोग गरेको समाजले जनाएको छ।
सहयोग गर्ने सबैप्रति समाजले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विपद् तथा सामाजिक कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ ।






Facebook Comments