
गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ।
प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार आयोजनाको 'सर्भिस टनेल'सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ।
नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर रेकी (प्रारम्भिक अनुगमन) गरेको थियो।
त्यसपछि सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्दा सेनाले २ जनाको शव फेला पारेको थियो।
भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य सुरु गरेको छ। यो टोली सुरुङको १०५ मिटरभित्रसम्म प्रवेश गरिसकेको छ।
उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन बबक्याट एस्काभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग गरी दलदल पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ।
यसअघि प्रधानमन्त्री बालेेन शाहले फेसबुकमार्फत दिएको जानकारी यस्तो छ:






Facebook Comments