काठमाडौं ।रसुवा केन्द्रित बाढी तथा पहिरोपछि मृत्यु हुनेको संख्या१ हजार ४५१ पुगेकोछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले सार्वजनिक गरेको२०८३ असोज ४ गते साँझ ७ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार विभिन्न जिल्लामा गरी उक्त संख्यामा मानवीय क्षति भएको हो।
प्राधिकरणका अनुसार सबैभन्दा बढीचितवनमा ३६७ जनाको मृत्युभएको छ। त्यस्तैनुवाकोटमा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, रसुवामा २०३, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जनाको मृत्युभएको छ। उपचारका क्रममा काठमाडौंमा थप२ जनाको मृत्युभएको विवरणमा उल्लेख छ।
मृतकमध्ये३३६ महिला, ५८५ पुरुष र ५३० जनाको आंशिक अंगरहेको प्राधिकरणले जनाएको छ।
५ हजार ७८६ जना बेपत्ता
बाढी तथा पहिरोपछि अझै५ हजार ७८६ जना बेपत्तारहेको विवरणमा उल्लेख छ। बेपत्तामध्ये रसुवा र नुवाकोटमा ठूलो संख्या रहेको छ। विदेशी नागरिक पनि बेपत्ताको सूचीमा छन्।
यसैबीच, नेपाली सेनाको हवाई साधनमार्फत प्रभावित क्षेत्रबाट आज मात्रै३३ जनाको उद्धारगरिएको छ। हालसम्म विभिन्न माध्यमबाट१३ हजार ९६८ जनाको उद्धारभइसकेको प्राधिकरणले जनाएको छ।
१० हजारभन्दा बढीको उपचार
विभिन्न५ वटा अस्पतालमा १५ जनाउपचाररत छन्। सुरक्षा निकायबाट उद्धार तथा उपचार गरिएका व्यक्तिको संख्या भने१० हजार १६३पुगेको छ।
बेपत्ता तथा मृतकको पहिचानका लागि१ हजार २८६ मृतक र १ हजार १२९ आफन्तको डीएनए नमुना संकलनगरिएको छ।
२० होल्डिङ सेन्टर सञ्चालन
विस्थापित तथा प्रभावित नागरिकका लागि२० वटा होल्डिङ सेन्टरसञ्चालनमा छन्। हाल नुवाकोटमा३२४, रसुवामा ७८६ र धादिङमा १२१ जनाहोल्डिङ सेन्टरमा रहेका छन्।
होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारका लागि सरकारले वैकल्पिक बसोबास तथा जीविकोपार्जनका लागिअधिकतम ६ महिनासम्मअनुदान दिने व्यवस्था गरेको छ।८ जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँर सोभन्दा बढी सदस्य भएमाप्रति थप सदस्य २ हजार रुपैयाँउपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि स्थानीय तहमा पठाइएको प्राधिकरणले जनाएको छ।
यसैगरी विपद् प्रभावित क्षेत्रमा२० हजार १२२ सुरक्षाकर्मीपरिचालन गरिएको छ।






Facebook Comments