
दमौली ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू मैदानमा उत्रिन थालेका छन्। यसैक्रममा युवा इन्जिनियरविश्वास पोखरेलले तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि (युवा कोटा) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
पोखरेलले‘क्रस नं. ३’मा उम्मेदवारी दिँदै‘एकता, रूपान्तरण र सशक्त संगठन’लाई आफ्नो अभियानको मुख्य नाराका रूपमा अघि सार्नुभएको छ। उहाँले कांग्रेसलाई समयअनुकूल, आधुनिक र युवामैत्री संगठनका रूपमा अघि बढाउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ।
पुल्चोक क्याम्पसबाट इन्जिनियरिङमा स्नातकोत्तर (Master in Engineering) गर्नुभएका पोखरेललेनीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता र विकास निर्माणमा प्राविधिक जनशक्तिको नेतृत्व आवश्यक रहेको धारणा राख्नुभएको छ।
उहाँले‘नीति निर्माणमा युवा सहभागिता, विकासमा इन्जिनियरको नेतृत्व र समृद्ध राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता’भन्ने सङ्कल्पसहित कांग्रेसको‘नेपाली कांग्रेस २.०’अभियानलाई सफल बनाउन आह्वान गर्नुभएको छ।
पोखरेलले पार्टीभित्र राजनीतिक विचारसँगै प्राविधिक क्षमता भएका युवाहरूको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभएको छ। कांग्रेसलाईआधुनिक, विचारशील र युवामैत्री संगठनबनाउन नयाँ पुस्तालाई नेतृत्वको मूलधारमा ल्याउनुपर्ने उहाँको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै पोखरेलले तनहुँ क्षेत्र नम्बर १ का पार्टी कार्यकर्ता तथा प्रतिनिधिहरूसँगसहयोग र मतका लागि अपिलसमेत गर्नुभएको छ।



Facebook Comments