
काठमाडौँ —नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधिसुशील भट्टले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। पार्टीभित्र नयाँ ऊर्जा, सिर्जनात्मक सोच र जिम्मेवार युवा नेतृत्वको खाँचो औंल्याउँदै उनले यो महत्त्वपूर्ण कदम चाल्नुभएको हो।
परिवर्तन र अनुभवको सङ्गम
उम्मेदवारी घोषणा गर्दै नेता भट्टले आफूलाई पार्टीका इमानदार कार्यकर्ताहरूको दृढ विश्वास, परिवर्तनका पक्षपाती युवाहरूको स्पन्दन तथा अग्रजहरूको अमूल्य अनुभव र मार्गदर्शनले बल दिएको बताएका छन्। व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर उनलेसिङ्गो कांग्रेसलाई नै आफ्नो टिममानेका छन्।
पार्टीप्रति आफ्नो निष्ठा दर्शाउँदै उनले आफूलाई रुखको 'जरा' सँग तुलना गर्दै भनेका छन्:
“म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्।”माटोमुनि बसेर चुपचाप पार्टीलाई बलियो बनाउने आफ्ना प्रतिबद्धता उनले स्पष्ट पारेका छन्।
प्रविधिदेखि पुस्तासम्मको सेतु बन्ने अङ्गीकार
भट्टको उम्मेदवारी कुनै एक निश्चित पुस्ताको मात्र पक्षपोषण गर्ने होइन, यो सबैलाई जोड्ने पुल हो। यसलाई प्रष्ट्याउँदै उनले भनेका छन्—
‘बा’ देखि युवासम्मर‘दाइ’ देखि एआई (AI) सम्मलाई जोड्ने एक प्रभावकारी डिभाइस बन्ने चाहना उनको छ।
परम्परागत संस्कार र मूल्यमान्यताको सम्मान गर्दै आधुनिक समय र परिवर्तनको बाटो अङ्गाल्नुपर्ने उनको जोड छ।
“अब कांग्रेसलाई केवल इतिहासको मात्रै स्मरण गर्ने पार्टी होइन, नयाँ इतिहास रच्ने पुस्तासँगै हातेमालो गरेर अघि बढाउने समय आएको छ।”
महाधिवेशन प्रतिनिधिहरूप्रति अपील
कार्यकर्ताहरूको भावना र अपेक्षाअनुरूप कांग्रेसलाई रूपान्तरण गर्न भाषणमा भन्दाकाममा विश्वासगर्ने दृढता उनले व्यक्त गरेका छन्। १५औँ महाधिवेशनमा आफ्नो केन्द्रीय सदस्य पदको उम्मेदवारीलाई सफल बनाउन उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति स्नेह, विश्वास र अमूल्य शुभेच्छाका लागि हार्दिक अपिल गरेका छन्।





Facebook Comments