
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः ठूलो पहिरो गएको छ । मुग्लिननजिकै तुइन खोलाछेउमा फेरि ठूलो पहिरो गएको हो । पहिरो जानेक्रम जारी रहेको हटाउन सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
हिजो साँझ सवा ७ बजेदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड पूणरूपमा अवरुद्ध छ । १४ घण्टादेखि सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । पहिरो झर्नेक्रम अझै जारी छ । उद्यपि, पहिरो हटाउन सुरु गरिएको कार्यालयले जनाएको छ ।
“सुरक्षालाई मध्यनजर गर्दै पहिरो झर्न रोकिएपछि सवारी आवागमन सूचारू गरिनेछ,” कार्यालयले भनेको छ । आज यो सडक हुँदै यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।







Facebook Comments