
काठमाडौं । जेनजी आन्दोलनका क्रममा केही अराजक तत्त्वहरूद्वारा क्षतिग्रस्त बनाइएको काँडाघारीस्थित प्रहरी प्रभाग कार्यालयको भवन पुनर्निर्माणका लागि पीएफसी ब्याडमिन्टन कभर्डहलले महत्वपूर्ण सहयोग गरेको छ।
हलभित्र नियमित खेल्ने खेलाडीहरूबाट संकलन गरिएको कूल रु. ८३ हजार ६ सय (असी हजार छ सय रुपैयाँ) रकम आज भवन पुनर्निर्माण व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।
जनता र प्रहरीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने तथा प्रहरीको मनोबल सधैँ उच्च राख्ने उद्देश्यका साथ पीएफसी परिवारले यो अभियान सञ्चालन गरेको थियो।
यस सहयोगले क्षतिग्रस्त प्रहरी प्रभाग कार्यालयको पुनर्निर्माण कार्यमा टेवा पुग्ने र जनस्तरबाट प्रहरीलाई गरिएको यो सद्भावले प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन प्रेरणा मिल्ने विश्वास लिइएको छ।
सहयोग गर्ने खेलाडीहरूको सूची तथा रकम







Facebook Comments