
काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३४ रुपैयाँ कायम छ ।
हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा किनबेच भएको थियो । दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो । आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।







Facebook Comments