काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको थियो ।

शुक्रबार (असोज ३) साँझ ६ बजेदेखि सडक दुवैतर्फ अवरुद्ध थियो । पहिरो पन्छाएर आइतबार (असोज ५) दिउँसो ४:१५ देखि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक अवरुद्ध भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीसाधनहरुलाई गन्तव्यतर्फ पठाइएको छ ।