
काठमाडौँ । कालीमाटी प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सचिन खड्का नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ । उनी वृत्त कालीमाटीमा आगजनी गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । जेनजीको प्रदर्शन उग्रबनेपछि उपत्यकाका धेरै प्रहरी कार्यालयहरू तोडफोड र आगजनी भएको थियो ।
१८ वटा वृत्त मध्ये १७ वृत्त त प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।







Facebook Comments