
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिंहले पुनर्निर्माणको क्रममा प्रयोग हुने सबै फर्निचर नेपालमै बनेको प्रयोग गर्ने निर्णय गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा यस्तो निर्णय गरेका हुन्। यस्तै उनले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्थाका लागि जोड दिने समेत बताए ।
उनले भूमि सुधार र कानुन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । तर, दुवै मन्त्रालयमा उनले आज पदभार ग्रहण गरेनन् ।
भूमिसुधारमा भोलि ११ बजे र कानुनमा भोलि २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।







Facebook Comments