काठमाडौँ । मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

गएराति गएको पहिरो पन्छाएर सडक सुचारु गरे पनि पुनः पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध बनेको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।

दुईतर्फी सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । काठमाडौं भित्रिने र बाहिरिने मुख्य सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् ।