
काठमाडाैँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका तथा तराईका भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।







Facebook Comments