
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड सञ्चालनमा आउन दुई दिन लाग्ने भएको हो ।
“तुइन खोलाको पहिरो हटाउने कार्य भइरहेको छ । हालको अनुमान अनुसार थप पहिरो आएन भने बढीमा दुई दिनभित्र सडक सञ्चालन हुनेछ,” सडक विभागका प्रवक्ता प्रभात झाले भने, “हाल पहिरोको दुवैतर्फ गाडी छैनन् । वैकल्पिक बाटोबाट यातायात सञ्चालन गरिएको छ ।”
सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्दै आएको छ । पटकपटक गइरहेको पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने यात्रुले यो वर्ष समस्या झेल्नु परेको छ ।







Facebook Comments