
काठमाडौँ । २०८२ साल भाद्र २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनी भई क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण सम्पन्न भएपछि त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनर्स्थापित गरिएको छ।
आज (बिहीबार) एक कार्यक्रमका बीच पूजाआजा गरी प्रहरीहरूलाई प्रभागमा पुन: स्थापना गराइएको हो। सो अवसरमा स्थानीय तथा अन्य उपस्थित व्यक्तित्वहरूले प्रभागमा फर्केका प्रहरीहरूलाई फूलमालाले स्वागत र सम्मान गरेका थिए। साथै, आन्दोलनको क्रममा ज्यान गुमाएका दिवंगत प्रहरीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरियो।
आन्दोलनको क्रममा देशका सयौँ प्रहरी कार्यालयहरू जलाइएका वा क्षति पुर्याइएका थिए। जलाइएका चौकीहरू अहिले स्थानीय समुदाय र विभिन्न दाताहरूको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन्।







Facebook Comments