काठमाडौँ । गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट हराएका हातहतियार र खरखजाना फेला परे नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई बुझाउनेलाई सम्मान गरिने पनि मन्त्रालयले भनेको छ । भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो ।