
काठमाडौँ । यातायात व्यवस्था विभागले चाडपर्वका बेला बढी भाडा नअसुल्न यातायात व्यवसायीलाई चेतावनी दिएको छ।
एक सूचना जारी गर्दै विभागले निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटको कालोबजारी गर्ने र टिकट बिक्रीवितरणमा असहजता सिर्जना गर्नेजस्ता काम नगर्न व्यवसायीलाई भनेको हो।
‘यात्रु तथा नागरिकस्तरमा गुनासो बढ्दै गएको सन्दर्भमा प्रचलित कानुन, स्वीकृत भाडादर तथा निर्णयबमोजिम मात्र टिकट काट्ने÷कटाउने तथा अनलाइनसम्बन्धी सेवालाई व्यवस्थित गर्न सम्बन्धित सरोकारवाला सबैमा अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ, ‘अत्यावश्यक सार्वजनिक सेवालाई व्यवस्थित गर्नेसम्बन्धी प्रचलित कानुन, नेपाल सरकारद्वारा स्वीकृत भाडादर एवं चाडपर्वलक्षित सार्वजनिक यातायातलाई सहजीकरण गर्नेसम्बन्धी यसपूर्वका निर्णयविपरीत भाडा असुल गर्ने तथा टिकट कालोबजारी गरेको पाइएमा कानुनअनुसार कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’







Facebook Comments