काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार (असोज ११) दिउँसोसम्म कुनै अवरोध नभएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा छ । चाडपर्वमा सवारीसाधनको चाप हुने हुँदा गति सीमितमा रही लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ । “मिति २०८२/०६/११ गते । समय : ३ः२५ बजे दिउँसो । मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै पनि अवरोध नभएको, सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको जानकारी गराउछौँ,” सडक डिभिजनले भनेको छ, “चाडपर्वमा सवारीसाधन अधिक चल्ने हुँदा कृपया गति सीमितमा रही लेन अनुशासन पालना गर्नुहुन अनुरोध गरिन्छ । धन्यवाद ।”

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक ठूलो पहिरो खस्दा यसअघि लामो समय बाटो अवरुद्ध भएको थियो ।