काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते थप एकजनाको निधन भएको छ । योसँगै मृतकको संख्या ७६ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार, पञ्चकन्या गाउँपालिका–२ का लक्ष्मण राईको गएराति १२ बजे मृत्यु भएको हो ।

'राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थप एकजनाको निधन भएको छ । कुल मृतकको संख्या ७६ पुगेको छ,' प्रहरी स्रोतले भन्यो ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएको छ ।  

प्रहरीका अनुसार, अझै पनि विभिन्न अस्पतालहरूमा घाईतेको उपचार जारी छ ।