.jpg)
काठमाडौँ । जल तथा मौसम विभागले नेपालमा बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। स्थानीय प्रशासनले बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै रातिको समयमा यात्रा गर्न रोक लगाएको छ। अविरल वर्षासँगै बाढी पहिरो र डुबानको खतरा रहेको भन्दै मौसम विभागले सबैलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।







Facebook Comments