काठमाडौँ । सरकारले आइतबार र सोमबार देश सार्वजनिक बिदा दिएको छ । भारी वर्षाका कारण हुने जोखिमलाई मध्यनजर गर्दै गृहले दुई दिन देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शनिबार मन्त्रालयले जारी गरेको सूचनामा देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिलाई ध्यानमा राखेर सार्वजनिक बिदा दिइएको हो ।

बिदाको समयमा पनि विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू भने खुला रहनेछन् ।