
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडकहरू (करिडर सडक)मा सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई शनिबार पठाइएको पत्रमा प्राधिकरणले आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म करिडोर सडकमा सवारी आवागमनमा रोक लगाउन भनेको छ ।
प्राधिकरणका अनुसार, काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भइरहेको छ । आज (शनिबार) राति वर्षाको मात्रा अझ बढ्न गई नदी खोलामा पानीको सतह थप बढ्ने र नदी खोला किनारका सडकहरू डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।







Facebook Comments