
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ ।
राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनीसमेत दिएका छन् ।अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले संसदीय सुनुवाइविनै ‘निरङ्कुश ढङ्गले’ गरेको आरोप अलायन्सले लगाएको छ ।
जेनजी मुभमेन्ट अलायन्सले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ आयुक्तका रूपमा नियुक्त गर्न आग्रह गरेको छ ।







Facebook Comments