
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न तयार भएपछि विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु भएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल फेसबूकमा भिडियो सन्देश जारी गर्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न अपिल गरेका छन् । असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई उनले अपिल गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गतेदेखि बस्दैछ ।
उनले भनेका छन्, ‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुस् ।’ उनले केन्द्रीय कार्यसमिति बैठकपछि हस्ताक्षर गर्ने मतलाई ‘लगनपछिको पोते’को संज्ञा दिएका छन् । महामन्त्री शर्माले विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने तर्क गरेका छन् । जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ ।







Facebook Comments