
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित भएको छ ।
हरेक वर्ष नवदुर्गा मन्दिरमा कोजाग्रत पूर्णिमाको विसर्जन पूजाको लागि राष्ट्रप्रमुख उपस्थित हुने परम्परा थियो । यस वर्ष भने सुरक्षाका कारण राष्ट्रपति पौडेलको दर्शन कार्यक्रम स्थगित भएको बताइएको छ ।
राष्ट्रपतिको कार्यक्रम स्थगित भए पनि विधिवत् पूजाको लागी गुठी संस्थानका गुठी प्रशासक शैलेसराज कुँवर र राष्ट्रपतिका स्वकीय सचिव सुशील तिमिल्सिना पूजाआजका लागि पुगेका थिए ।







Facebook Comments