
भद्रपुर । झापाको कमल गाउँपालिका–७, रंगपुरस्थित केराबारीमा ५५ राउन्ड गोली फेला परेको छ ।
स्थानीय ५५ वर्षीय गंगाप्रसाद पाण्डेले शुक्रबार (असोज २४) राति केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि ती गोली बरामद गरिएको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
पाण्डेको सूचनाअनुसार शनिबार (असोज २५) बिहान इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए ।







Facebook Comments