काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि कब्जामा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज सोमबार काठमाडौँ ल्याइँदैछ। दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने  छ।

जोशीको शव काठमाडौँ आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै पुगेर श्रद्धाञ्जली दिने भएकी छन्। विमानस्थलमा श्रद्धाञ्जलीपछि शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी हुँदै एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी छ।

गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आकस्मिक आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सोही आक्रमणपछि हमासको कब्जामा परेका विपिन जोशीको पनि निधन भएको पुष्टि भएको थियो।