
काठमाडौं, १९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सबै कुरा नयाँ हुँदापनि पूराना राजनीतिक पार्टीहरुको नेतृत्व नबदलिएको बताएका छन् । पार्टी पूनर्गठनको घोषणा गरेका भुसालले नेतृत्वले पार्टीहरुका आन्तरिक लोकतन्त्रलाई कब्जा गरेको र सामाजिक तनावलाई बढाएको उल्लेख गरेका छन् ।
भुसालले जारी गरेको प्रेस वक्तव्यमार्फत नेतृत्व परिवर्तन नहुँदा समाजमा चौतर्फी निराशा र आक्रोश बढाउँदै लगेको उल्लेख गरिएको छ । उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा तत्कालिन सरकारले फासिष्ट दमन गरेको र समाजको आक्रोशलाई उद्धेलित गरेको दाबी गरेका छन् । उनले नेपालमा कम्युनिष्ट पार्टीका नेताहरुले, तिनका गुटहरुले एकता र रुपान्तरणलाई रोकिरहेको पनि बताएका छन् ।
आज भएको ८ दलबीच र समूहको एकतालाई तथाकथित एकता भन्दै त्यसको भ्रममा नपर्नपनि उनको अपिल छ । एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न अनुरोध गरेका छन् ।







Facebook Comments