काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महाधिवेशन प्रक्रियामा अवरोध गरिएकोमा प्रश्न उठाएका छन् । केन्द्रीय समितिको आजको बैठकमा नेता शिवाकोटीले  क्रियाशिल सदस्यताको विषयमा ३२ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन् भने त्यसको जवाफदेही को हुने ? भनेर प्रश्न उठाएका हुन् । 

बैठकमा उनले भने,‘अग्रज तथा नेता साथीहरूकै जिल्लामा क्रियाशिल सदस्यता नटुंगेको की टुंग्याउन नदिएकोरु टुंग्याइएको ठाउँको फोन गरिगरि केन्द्रमा पठाउन किन रोकेकोरु एकातिर प्रक्रियालाई अवरुद्ध गर्न लाग्ने अनि बाहिर चाहि महाधिवशेन गर्न समयले भ्याइँदैन भन्ने दोहोरो चरित्र किन देखाएको ? एमालेले पार्टी महाधिवेशनको मिति तोकेर तयारीमा जुटिसक्यो हामी भने मंसिरमा महाधिशवेशन गर्न सक्दैनौ भ्याउँदैनौ भनेर किन हिँडिरहेको ? चुनाव पछि मात्र महाधिवेशन भन्ने राग टिकट वाँड्नैका लागि हो भने प्रष्ट भन्नुपर्यो। होइन भने महाधिवेशन धकेल्नु पर्ने कुन प्रयोजनका लागि ?

सो क्रममा उनले पार्टी महाधिवेशन र स्थानीय तहको चुनावबीच कम्तिमा डेढदेखि २ बर्षको कुलिङ पिरियड राखेमात्र स्थानीय तहको चुनावमा पार्टीले राम्रो नतिजा ल्याउनसक्ने विश्वास दिलाए । कुलिङ पिरियडबारे उनले भने,‘त्यसको सकारात्मक प्रभाव संसदीय चुनावमा पनि पर्छ भनेर २ बर्षअघिको बैठकमा धारणा राखेको थिए। त्यसलाई पार्टी नेतृत्वले नजरअन्दाज गर्‍यो। महासमिति वैठकअघि महामन्त्रीले कार्यतालिका पेस गरेर महाधिवशेन सुनिश्चित गर्न खोजेको हाम्रो बुझाइ थियो। विडम्बना त्यो कार्यतालिका पछि गायव भयो। डेढ वर्षअघि २०८२ मंसिरमा महाधिवेशन सुनिश्चित गर्न कुलिङ पिरियड सहित ल्याइएको त्यो कार्यतालिका के कारणले केन्द्रीय समितिमा रोकेको ? प्रत्येक चुनावमा नयाँ नेतृत्वसहित जाने पार्टी परम्परा विपरित यो पटक भने किन चुनाव पछि मात्र महाधिवेशन भनेर रट लगाइरहेको ? कसरी हामी यस्तो सेलेक्टीभ हुन सक्छौं ?’