
काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीलाई बलियो बनाउनको लागि एकढिक्का हुनुपर्ने बताएका छन् । तर, अहिले पार्टीमा आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर लडाईं भइरहेको भन्दै उनले आलोचना गरेका छन् । पार्टी मुख्इालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पार्टीलाई जित्ने बनाउनेगरि आफ्नो जिम्मेवारी र भूमिकामा खरो उत्रिन अपिल गरेका हुन् ।
उनले भने,‘मैले यहाँ र बाहिर पनि सुनेँ, यो सम्पूर्ण लडाइँ टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ न हो यो, घुमिफिरि। प्रश्न टिकट कसले बाँड्ने भन्ने होइन, कस्तालाई टिकट दिने भन्ने हो भोलिका दिनमा। पार्टीलाई जित्ने कसरी बनाउने हो ?’ जेनजी आन्दोलनपछिको परिस्थितिमा पार्टीको नयाँ रणनीति अख्तियार गरिनुपर्नेमा उनको जोड थियो । उनले आफूले कांग्रेस रुपान्तरण भएको हेर्न चाहेको बताए । उनले पार्टीले अब जेनजी पुस्तालाई पनि स्वागत गर्नुपर्ने र नयाँको लागि ढोका खोल्नुपर्ने मत राखे ।







Facebook Comments